मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ श्रावण ३० सोमबार २०:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दलीय असहमति मिलाउने थलो संसदीय समिति हो : सभामुख सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ श्रावण ३० सोमबार २०:०२:००

सभामुख अग्निप्रसाद सापकोटाले कतिपय दलीय असहमतिलाई सहमतिमा ल्याउने महत्वपूर्ण थलो ससंदीय समिति बनेको बताएका छन्। कानुन, न्याय तथा मानवअधिकार समितिले प्रकाशन गरेको ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समिति : अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा आज उहाँले संसद्को महत्वपूर्ण काम कानुन निर्माणमा समितिको भूमिका प्रभावकारी भएको बताए।

'उदीयमान व्यवस्थापिकाको चाहना भनेकै संसद्लाई जीवन्त र जनमुखी बनाउनु हो,' सभामुख सापकोटाले भने, 'संसद्लाई जीवन्त बनाउनेतर्फ नै मेरो सम्पूर्ण ध्यान केन्द्रित छ।'