१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७९ श्रावण ३० सोमबार १८:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरका दुई पालिका जोड्ने रौटेला खोलामा पक्की पुल निर्माण हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
२०७९ श्रावण ३० सोमबार १८:३७:००

कञ्चनपुरका दुई पालिका जोड्ने रौटेला खोलामा वषौँपछि पक्की पुल निर्माण हुने भएको छ । सुुदूरपश्चिम प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत जिल्लाको उत्तरी भेग भीमदत्त नगरपालिका–१ र बेदकोट नगरपालिका–८ जोड्नका लागि पक्की पुल निर्माण गर्न लागिएको हो । 

पूर्वाधार विकास कार्यालयमार्फत भीमदत्त नगरपालिका–१, राजीपुर र बेदकोट नगरपालिका–८, गैलनदी जोड्ने रौटेला खोलामा पक्की पुल निर्माण हुन लागेको हो । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं इन्जिनियर हेमराज भट्टले उक्त खोलामा २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण हुने बताए । इन्जिनियर भट्टका अनुसार महरा निर्माण सेवा प्रालिसँग कार्यालयको ५ करोड ८२ लाख ५३ हजार ६९१ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । पुल आगामी ३० असार ०७८ मा निर्माण कार्य सक्नुपर्ने सम्झौता भएको छ । 

स्थानीय अगुवा दानबहादुर बमले विगत २० वर्षको स्मरण गर्दै भने, ‘हामी यहाँबाट विद्यालय क्याम्पस जाँदा वर्षातका वेला समस्यामा पर्दै आएका थियौँ, आज पुल निर्माण हुने भएको छ ।’ ०४६ सालतिर स्थानीय युवा जनक माल बजार दुध पुर्याउने वेला खोलामा चिप्लिएको घटना स्मरण गर्दै ढिलै भए पनि प्रदेश सरकारले पुल निर्माण गर्न लागेकोप्रति खुसी व्यक्त गरे । 

बेदकोट नगरपालिका–८ का वडाध्यक्ष महेशराज जोशीले पुल निर्माण कार्यको शुभारम्भले खुसी छाएको बताए । ‘हामी नदीपारि बेदकोट ६, ७ र ८ का स्थानीयले नदी तरेर बजार जानुपर्ने र विद्यार्थीलाई स्कुल जानुपर्ने बाध्यता हट्नेछ,’ उनले भने, ‘पुल निर्माण कार्यबाट बेदकोट र भीमदत्त नगरका उत्तरी भेगका स्थानीय लाभान्वित हुने भएका छन् ।’