मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ३० सोमबार १७:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्राफिक नियम उल्लंघन गर्ने ११८ विद्यार्थी कारबाहीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ३० सोमबार १७:२८:००

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार बिहान कलेजका विद्यार्थीलक्षित ट्राफिक चेकजाँच गर्दा ११८ जना कलेजका विद्यार्थी कारबाहीमा परेका छन् । प्रहरीको चेकजाँचमा सवारीचालक अनुमति-पत्र नभएका ६१ जना, सवारी दर्ता किताब नभएका ३९ जना र तीनजना सवार ७ जना विद्यार्थीहरू कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

त्यस्तै, हेल्मेट नलगाई सवारीसाधन चलाउने १ जना र अन्य ट्राफिक नियम उल्लंघन गर्ने १० जना गरी १ सय १८ जना विधार्थीहरू कारबाहीमा परेका हुन्। कारबाहीमा पर्ने विद्यार्थीहरूमा सबै दुईपांग्रे सवारीसाधनका चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार गतवर्ष काठमाडौं उपत्यकाभित्र १० हजार ७ सय ३३ वटा सवारीसाधन दुर्घटना भएका छन् । जसमध्ये ८ हजार ३ सय ६४ वटा दुईपांग्रे सवारीसाधन रहेका छन्। सवारी दुर्घटनामा परी १ सय ९१ जनाको मृत्यु हुँदा दुईपांग्रे सवारी दुर्घटनामा मात्रै १ सय १७ जनाको मृत्यु भएको छ । जसमध्ये ५८ जना पैदल यात्रीको समेत सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा अधिकांश दुईपांग्रे सवारीसाधन प्रयोगकर्ता रहेका छन् । उमेर समूहका आधारमा हेर्ने हो भने १७ वर्षदेखि ३५ वर्षसम्मका मानिस दुईपांग्रे सवारीसाधन प्रयोगकर्ता रहेका छन् । सबैभन्दा धेरै दुर्घटनामा पर्नेमा दुईपांग्रे सवारीसाधन देखिएकोले दुर्घटना न्यूनीकरण गर्नको लागि ट्राफिक प्रहरीले विशेष अभियान नै चलाएर नियम उल्लंघन गर्नेलाई कारबाही गर्न सुरु गरेको हो ।