१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३० सोमबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ३० सोमबार १६:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ईश्वर पोखरेलको दाबी– आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ३० सोमबार १६:१४:oo

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन्। पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा एमालेले जनताको लोकप्रिय मत पाएको भन्दै यस्तो दाबी गरेका हुन्।

उम्मेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएका कारण स्थानीय निर्वाचनमा एमाले पहिलो शक्ति बन्न नसकेको उल्लेख गर्दै पोखरेलले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सो गल्ती नगर्ने प्रतिबद्धता जनाए।

‘स्थानीय तह निर्वाचनमा हामीले जनताको सर्वाधिक लोकप्रिय मत प्राप्त गर्‍याैँ। यो हाम्रो दाबी मात्रै होइन, निर्वाचन आयोगको बुलेटिनमा उल्लेख गरिएको कुरा हो। स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने सन्दर्भमा व्यवस्थापकीय कमजोरी भएकाले हामीले सोचेजस्तो परिणाम ल्याउन नसकेको हो। अब हामी आउने चुनावमा समयमै उम्मेदवारी दिन्छौँ । जित्नेलाई उठाउँछौँ, टिक्नेलाई उठाउँछौँ,’ उनले भने।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भदौ अन्तिमसम्म उम्मेदवारको टुंगो लगाउने जानकारी दिए। उनले सत्तारूढ गठबन्धनमा आबद्ध कुनै पनि दलहरूसँग मोर्चाबन्दी नरहेकोसमेत प्रस्ट पारेका छन्।