१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २९ आइतबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २९ आइतबार १६:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सान्जेन जलविद्युत् आयोजनाको साइट कार्यालयमा तोडफोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २९ आइतबार १६:५२:oo

रसुवामा निर्माणाधीन सान्जेन जलविद्युत् आयोजनाको साइट कार्यालय थाम्बुचेतमा तोडफोड भएको छ। सेयर निष्कासनको विषयलाई लिएर गत्लाङका स्थानीयले आयोजनाको साइट कार्यालयमा तोडफोड गरेका कम्पनीका एक अधिकारीले जानकारी दिए।

उनका अनुसार आज दिउँसो स्थानीयले सेयर बाँडफाँड गर्दा आफूहरूलाई अतिप्रभावित सूचीमा समावेश गर्न माग गर्दै कार्यालय प्रवेश गरी तोडफोडसँगै कर्मचारीमाथि हातपात गरेका छन्। ‘गत्लाङका स्थानीय कम प्रभावितको सूचीमा पर्छन्। उनीहरूले अतिप्रभावितको सूचीमा समावेश गर्न माग गर्दै आएका थिए। तर, हामीले यो गर्न नसक्ने भएपछि कार्यालयभित्र पसेर अफिस तोडफोड गरेका छन्,’ ती अधिकारीले नयाँ पत्रिकासँग भने। उनका अनुसार कम्पनीको गाडी र बाइक तोडफोड भएको छ भने केही कर्मचारीमाथि कुटपिट गरेका छन्।

०७६ माघ २९ मा रसुवाका स्थानीयलाई दिने सेयरबारे कम्पनीसँग समझदारी भएको थियो। गत्लाङका स्थानीयले भने आफूहरूलाई कम सेयर दिई अन्याय र विभेदपूर्ण रूपमा सेयर निष्कासन गरेको भन्दै विरोध गर्दै आएका छन्। कम्पनीले यही भदौ ५ देखि आयोजना प्रभावित जिल्लावासीलाई सेयर निष्कासन गर्ने सूचना जारी गरेको छ।