१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेविसंघको तालाबन्दीविरुद्ध अनेरास्ववियुको हस्ताक्षर अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४४:oo

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गरेको तालाबन्दीको विरोधमा हस्ताक्षर अभियान सुरु गरेको छ।

नेविसंघले २७ असारमा त्रिवि रजिस्ट्रारको कार्यालय, त्रिवि केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ। अनेरास्ववियुले सो तालाबन्दीको विरोधमा हस्ताक्षर अभियान सञ्चालन गरेको हो।

त्रिविको केन्द्रीय कार्यालयमा आइतबार र सोमबार हस्ताक्षर संकलन गरेर कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइने अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए।