मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २९ आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २९ आइतबार १४:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओलीको आरोप– गठबन्धन सरकारले राजनीतिलाई दुस्मनीतिर लैजान खोज्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २९ आइतबार १४:३८:oo

एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले राजनीतिलाई दुस्मनीतिर लैजान खोजेको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

कहिले जातको नाममा त कहिले भूगोलको नाममा नेपालीलाई भिडाउन खोजिएको भन्दै उनले अहिलेको नेपाली समाज स्वस्थ प्रतिस्पर्धातिर जानुपर्ने बताए । नेपालीलाई अनेक प्रकारका जातीयताका नाममा विभाजन गर्न खोजिएको दोहोर्‍याउँदै उनले सबै नेपालीले आफ्नो पहिचान खोज्न आवश्यक रहेको औँल्याए।

‘अहिले गठबन्धनमा भएको सरकारले दुस्मनीतिर राजनीति लैजान खाजेको छ। हाम्रो समाज स्वस्थ प्रतिस्पर्धातिर जाने कि दुस्मनीतिर ? कहिले जातका नाममा, कहिले भूगोलका नाममा नेपालीलाई भिडाउन खोजिन्छ। सेन्टिमेन्टमा ल्याउन खोजिन्छ  हाम्रो पहिचान भनेर,’ उनले भने, ‘यसरी नेपालीलाई फुटाउन, विभाजन गर्न खोजिएको छ ।’