१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २९ आइतबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २९ आइतबार १४:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निहारिकाको आत्मदाह प्रयासबारे सांसदको प्रश्न- सरकारको न्यायिक संयन्त्र असफल भएको हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २९ आइतबार १४:२२:oo

प्रतिनिधिसभा सदस्य रेनुका गुरुङले सरकारको प्रशासनिक र न्यायिक संयन्त्र असफल भएको टिप्पणी गरेकी छिन्। निहारिका राजपुतले राष्ट्रपति भवनअगाडि आत्मदाह गर्ने अवस्था आएको भन्दै उनले यस्तो बताएकी हुन्।

आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले निहारिका राजपुतजस्ता हजारौँले समयमा न्याय नपाउने अवस्था किन आयो भन्दै सरकारलाई प्रश्न गरेकी छिन्।

‘के यो सरकार दलाल पुँजीवाद, भ्रष्टाचारी तथा बिचौलियाहरूको संरक्षणका लागि मात्रै हो ? आज निहारिका राजपुतजस्ता नेपाली छोरीले राष्ट्रपतिज्यूको भवनअगाडि आत्मदाह गर्ने अवस्था किन आयो ? सरकारले निजलाई समयमै न्याय दिन नसक्नुको कारण के हो ? के सरकारको प्रशासनिक तथा न्यायिक संयन्त्र असफल भएकै हो ?’ सांसद गुरुङले भनिन्।