१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १२:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:oo:oo

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुरेको छ। जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान एक्स्काभेटर पहिराले पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका– १९ राँजा बस्ने ३० वर्षीय सुरज बसाल मगर रहेकाे प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ। मेसिनमा च्यापिएर रहेको शव निकालेर पोस्टमार्टमका लागि सदरमुकाम दुनै लैजाने तयारी गरिएको चौकीका प्रहरी नायव निरीक्षक रुद्रबहादुर शाहीले बताए।