१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख ३० आइतबार १९:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

‘सिर्जनशील महिला उद्यमी मेला–२०७९’ काठमाडौंमा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:१५:oo

१९औँ डाबर बाटिका तिज फेस्टिवल सिर्जनशील महिला उद्यमी मेला–२०७९ सुरु भएको छ। शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटड बल्ड ट्रेड सेन्टरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको सो मेलाको शुभारम्भ गरेकी छिन्। 

महिला सिर्जनशील केन्द्रले महिला उद्यमीहरूले उत्पादन गरेका सामानहरूको बजारीकरणका लागि सहयोग गर्ने मुख्य उद्देश्यका साथ यो मेला आयोजना गरेको मेला व्यवस्थापनको जिम्मेवारी लिएको राइजिङ नेपाल प्रालिका प्रबन्ध निर्देशक पशुपति केसीले बताए। ५ दिनसम्म चल्ने मेलामा महिला उद्यमीले उत्पादन गरेका घरेलु वस्तुहरूको बिक्रीवितरण गरिनेछ। 

महिला उद्यमीहरूले उत्पादन गरेका घरेलु वस्तुहरूको प्रवर्धन गरी उनीहरूलाई वित्तीय पहुँच बढाउन पनि मेला उपयोगी हुने केसीले विश्वास गरे। 
 

ad
ad