१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:o८:oo

अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन्। शाही शुक्रबार बिहान एक कार्यक्रमबीच कांग्रेस प्रवेश गरेका हुन्। उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता दिएका हुन्।

मन्त्रीनिवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्वअध्यक्षहरू महेन्द्र यादव, उदयशमशेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए। अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए। ‘म यसअघि कुनै पनि पार्टीमा आबद्ध थिइनँ। पहिलोपटक कांग्रेससँग आबद्ध भएको हुँ,’ उनले भने, ‘कांग्रेसले नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेको भनेर पढ्दै सुन्दै आइयो। अब बुझ्दै जाँदा अरूभन्दा कांग्रेस नै ठीक लाग्यो।’

उनले कांग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएकोसमेत बताए। ‘धेरै अग्रज र सम्मानित कलाकारहरू कांग्रेसमा हुनुहुन्छ, यसले पनि मलाई कांग्रेस मन परेको हो,’ उनले भने। उनले आफू युवा भएकाले तरुण दलमार्फत युवाका पक्षमा काम गर्न चाहेको बताए।