१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तिवारी यादव वीरगन्ज
२०७९ श्रावण २७ शुक्रबार ०९:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घाँटी थिचेर गर्भवती श्रीमतीको हत्या

Read Time : < 1 मिनेट
२०७९ श्रावण २७ शुक्रबार ०९:०७:००

वीरगन्ज महानगरपालिका– २३ इटियाहीमा एक श्रीमानले श्रीमतीको घाँटी थिचेरमा हत्या गरेका छन् । शुक्रबार बिहान २६ वर्षीय दिनेशप्रसाद यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमाकुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । 

बिहान तीन–चार बजेको समयमा घरमै श्रीमतीको हत्या गरेको आरोपमा दिनेशलाई प्रहरीले पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । घरबाटै पक्राउ परेका आरोपित दिनेशले प्रहरीलाई दिएको बयानमा श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शंकाको आधारमा घाँटी थिचेर मारेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका– ६ धोरेनिवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो । प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाएर मृतक प्रतिमाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाउने तयारी गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । मृतक प्रतिमाको पाँच महिनाको गर्भ रहेको केटी पक्षले बताएका छन् ।