मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २६ बिहीबार
  • Tuesday, 15 July, 2025
२o७९ श्रावण २६ बिहीबार १७:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालका बाल कलाकार प्रसुनजंग पोखरेलले जिते बैंककमा चार अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २६ बिहीबार १७:o६:oo

नेपालका बाल कलाकार प्रसुनजंग पोखरेलले थाइल्यान्डको बैंककमा आयोजित ‘टिन स्टार इन्टरनेसनल २०२२’ मा चौथो स्थान हासिल गरेका छन् । नेपालको प्रतिनिधित्व गर्दै बैंकक पुगेका उनले ५५ देशका प्रतिस्पर्धीहरूले सहभागिता जनाएको प्रतियोगितामा चौथो स्थान हासिल गरेका हुन् । 

काठमाडौंको नैकापस्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुलमा अध्ययनरत पोखरेलले प्रतियोगितामा बेस्ट स्विमिङ कस्ट्युमको उपाधि हात परेका छन् । त्यस्तै, उनले फ्रेन्डसिप अवार्ड तथा मिस्टर फोटोजेनिक गरी जम्मा चारवटा अवार्ड हात पारेका हुन् । 

त्यस्तै, प्रतियोगितामा नेपालकी जेसिका ठकुरीले नेसनल कस्ट्युम विधामा थर्ड रनरअपको उपाधि हात पारेकी छिन् । जेसिकाकाले मिस फोटोजेनिकको अवार्डसमेत जितिन् भने, नेपालकै लसता महर्जनले पनि मिस फोटोजेनिकको उपाधि हात पारिन् । 

बैंककमा आयोजित प्रतियोगितामा ५५ देशका ११ देखि १९ वर्ष उमेर समूहका प्रतिस्पर्धीमाझ प्रसुनजंग पोखरेल तथा जेसीका ठकुरीले प्री टिन (११–१४ उमेर समूह) तथा लसता महर्जन ले टिन (१५–१९ उमेर समूह) बीच प्रतिस्पर्धा गरेका थिए ।