मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल । तस्बिर : नयाँ पत्रिका अर्काइभ
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २६ बिहीबार १५:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हाम्रो पार्टीमा पनि व्यक्तिवादी महारोग सर्‍याे : नेपाल

पद र पैसाका निम्ति जस्तोसुकै कुकर्म गर्नेहरू व्याप्त रहेको नेपालको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २६ बिहीबार १५:०२:००

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै दलभित्र व्यक्तिवाद महारोगको रूपमा रहेको बताएका छन् । आफ्नो पार्टीमा पनि पद र पैसाका निम्ति व्यक्तिवादी महारोग सरिसकेको नेपालको भनाइ छ । 

पार्टी केन्द्रीय कार्यालयमा बिहीबार स्कुल विभागले गरेको कार्यक्रममा उनले भने, ‘व्यक्तिवादको महारोग हाम्रो पार्टीमा, नेपाली समाजमा, नेपालको कम्युनिस्ट आन्दोलनमा र समग्र नेपालको राजनीतिमा व्याप्त छ ।’

उनले व्यक्तिवादमा फसेको व्यक्तिले पद र पैसाका निम्ति गुटबन्दी गर्ने, स्वार्थको परिपूर्तिका निम्ति बार्गेनिङ सुरु गर्ने भन्दै उनले यसबाट छुटकारा पाएर भिन्दै मान्छे बनाउन जरुरी रहेको जिकिर गरे । ‘मबाट सुरु हुने व्यक्तिवाद व्याप्त छ । यसले पाउनका लागि जस्तोसुकै कुकर्म गर्न थाल्दछ,’ उनले भने, ‘सिद्धान्त र आदर्शप्रति समर्पित  हुने भावना राख्नुपर्दछ । सबै तहका समस्याका खोजी गर्नुपर्दछ ।’