निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ९ आइतबार
  • Sunday, 25 September, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २६ बिहीबार ११:०८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल बैंक र त्रिवि व्यवस्थापन विभागले अनुसन्धानमा सहकार्य गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २६ बिहीबार ११:०८:००

नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धानसम्बन्धी कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सहप्राध्यापक नवराज अधिकारी र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्काले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले नेपाल बैंकमा इन्टर्नसिप गर्न पाउने उल्लेख छ । त्यस्तै, उक्त विभागका विद्यार्थी र प्राध्यापकमार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरू सञ्चालन गर्ने जनाइएको छ । बैंकको अनुसन्धानसम्बन्धी कार्यका लागि व्यवस्थापन विभागले विषयविज्ञका रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउने सूचीअन्तर्गतका प्राध्यापकहरूलार्ई आवश्यकताअनुसार बैंकले अनुसन्धानका लागि विषयविज्ञका रूपमा नियुक्त गर्ने बैंकले 
जनाएको छ । 

बैंकले गरेका अनुसन्धानसम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रम एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्र्याजुएसन रिसर्च प्रोजेक्ट(जिआरपी)अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम पाँचजना विद्यार्थीहरूलाई बैंकले प्रतिविद्यार्थी ३० हजार रुपैयाँका दरले नगद उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । बैंकले व्यवस्थापन विभागमा एमबिए इन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका एकजना छात्र र एकजना छात्रा गरी दुईजना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिकसत्रमा नगद र मेडलसहित ‘नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड’समेत प्रदान गर्ने जनाइएको छ ।

सम्झौताका लागि आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले त्रिवि व्यवस्थापन केन्द्रीय विभागसँगको सहकार्यले नेपाल बैंकको अनुसन्धानसम्बन्धी कार्यमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । केन्द्रीय विभागका निमित्त विभागीय प्रमुख अधिकारीले नेपालको पहिलो बैंकसँग आफ्ना विद्यार्थी र प्राध्यापकहरूले अनुसन्धानात्मक कार्यमा सहकार्य गर्नु गर्वको विषय रहेको बताए ।