१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
मञ्जु टेलर नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

चीनमा फैलियो  ‘लंग्या हेनिपा’ भाइरस 

Read Time : > 1 मिनेट
मञ्जु टेलर, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:५८:oo

प्रोफेसर वाङ लिन्फा भन्छन्– सिभियर बिरामी भएका छैनन् । संक्रमण देखिँदैमा आत्तिनुपर्ने अवस्था छैन 

कोभिड महामारी नसकिँदै चीनमा अर्को ‘लंग्या हेनिपा’ नामक भाइरस फैलिएको छ । चीनमा हाल लंग्या भाइरसका दर्जनाैँ केस फेला परेका कारण सतर्कताका लागि आह्वान गरिएको छ । हालसम्म चीनमा लंग्या हेनिपा भाइरसका ३५ वटा केस पुष्टि भइसकेका छन् । 

सन् २०१८ को अन्त्यमा नोभेल लंग्या हेनिपाभाइरस पहिलोपटक चीनको उत्तर–पूर्वी प्रान्त सान्डोङ र हेनानमा पत्ता लागेको थियो । तर। गत साता मात्रै वैज्ञानिकहरूले औपचारिक रूपमा पहिचानको पुष्टि गरेका हुन् । 

हेनिपा भाइरस जनावरबाट मानिसमा सरेको हुन सक्ने वैज्ञानिकहरूको प्रारम्भिक अध्ययन छ । चीनमा संक्रमण देखिन थालेपछि ताइवानका वैज्ञानिकले गरेको अध्ययनमा जंगली जनावरबाट मानिसमा सरेको पाइए पनि घरपालुवा जनावरमा पनि संक्रमण देखिएको छ ।

संक्रमण फैलिन थालेपछि दुई सय ६ वटा जनावरमा गरिएको परीक्षणमध्ये दुई प्रतिशत घरेलु बाख्रा र पाँच प्रतिशत कुकुरमा भाइरस भेटिएको थियो । चीन, सिंगापुर र अस्ट्रेलियाका वैज्ञानिकले गत साता ‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशन गरेको रिपोर्टमा भाइरसको प्रारम्भिक अनुसन्धानबारे उल्लेख गरिएको थियो ।

अधिकांश संक्रमित किसान र कारखानाका मजदुर 
यो भाइरस मानिसमा एकअर्कामा सर्ने वा नसर्ने भन्ने विषय अस्पष्ट छ । हालसम्म देखिएका संक्रमितमध्ये अधिकांश किसान र कारखानाका कामदार छन् । नौजनामा कन्ट्रयाक्ट ट्रेसिङ गर्दा परिवारका सदस्य संक्रमित रहेका व्यक्ति संक्रमित रहेको पाइए पनि अझैसम्म यकिन गर्न नसकिएको विज्ञले बताएका छन् । 

अध्ययनमा सहभागी एक विज्ञले भनेका छन्, ‘अहिले हामीले एकदमै कम संख्यामा मात्र सर्वेक्षण गरेकाले मानिसबाट मानिसमा सर्ने विषयमा यकिन गर्न सकिरहेका छैनौँ ।’ वैज्ञानिकहरूले भाइरसको जिनोम अध्ययन गर्दा हेनिपा भाइरस रहेको पुष्टि गरेका हुन् । यो भाइरसमा जुनोटिक आरएनए भाइरसहरूमध्ये हेन्ड्रा भाइरस र निपाह भाइरसको मिश्रण छ । 

यस्ता छन् लक्षण
लंग्या हेनिपा भाइरस संक्रमण देखिएका व्यक्तिमा ज्वरो, थकान, खोकी, भोक नलाग्ने र मांसपेशी दुख्ने गरेको चिकित्सकहरूले जनाएका छन् । ज्वरोको समस्या भने अधिकांशमा देखिएको छ । प्रारम्भिक सर्वेक्षणमा जुटेका वैज्ञानिकहरूका अनुसार हालसम्म संक्रमित भएका ३५ जनामध्ये २६ जनामा कडा खालको ज्वरो देखिएको छ । यो भाइरस संक्रमणबाट अहिलेसम्म कसैको मृत्यु नभएका कारण आत्तिनुपर्ने अवस्था नरहेको चिकित्सकको सुझाब छ । ड्युक–एनयुएस मेडिकल स्कुलका प्रोफेसर वाङ लिन्फाले भनेका छन्, ‘आजसम्म सिभियर बिरामी देखिएका छैनन् । संक्रमण देखिँदैमा आत्तिनुपर्ने अवस्था छैन ।’

मोज्याङ भाइरससँग सम्बन्धित
हाल देखिएको लंग्या भाइरस दक्षिण चीनमा देखिइरहेको मोज्याङ भाइरससँग समेत सम्बन्धित रहेको पाइएको छ । ताइवानको सिडिसीका उपमहानिर्देशक चुआंग जेन–हसियाङले संक्रमणको प्रकृतिबारे अनुसन्धान गरिरहेको र अन्य सम्बन्धित भाइरसमा पनि अध्ययन थालिएको बताए । प्रत्येक वर्ष उच्च संक्रामक मानिएको भाइरस उत्परिवर्तन भई संक्रमण फैलिनुको कारण तीव्र जलवायु परिवर्तन रहेको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् । 

ad
ad