मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २५ बुधबार
  • Monday, 14 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण २५ बुधबार २१:४१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालसामु सैन्य युद्ध आतंकको खतरा बढेको छ : नेता गुरुङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण २५ बुधबार २१:४१:oo

नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा बढेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व साम्राज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इन्डो प्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको धारणा राखेका हुन् । 

‘विश्व साम्रज्यवादले जुन प्रकारको युद्ध आतंक मच्चाउन खोजिरहेको छ, साउथ एसिया र इन्डो प्यासिफिक क्षेत्रमा युद्ध आतंक मच्चाउन खोजिरहेको छ,’ उनले भने, ‘पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको छ । पूर्वमा इन्डोप्यासिफिक अघि सारेर युद्ध मच्चाउन खोजिरहेको छ । युद्धको स्थितिले गर्दा तत्काल नेपालको स्थिति के हो भन्ने प्रश्न उठेको छ ।’

नेता गुरुङले पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइराखिएको उल्लेख गर्दै नेपाललाई सैन्य अड्डा र द्वन्द्वस्थल बनाउने खतरा रहेको दाबी गरे । उनले देशलाई सैन्य क्रीडास्थल बनाउने प्रक्रियाबाट जाँदा नेपाल कुनै दिन अफगानिस्तान र दोस्रो युक्रेनमा परिणत हुन सक्ने चेतावनीसमेत दिए । नेपालमा विदेशीहरूको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुने भन्दै राष्ट्रिय स्वाधीनताको मुद्दामा सबै पार्टी र जनता एकसाथ हुनुपर्ने उनको भनाइ थियो । ‘हामीसामु युद्ध र सैन्य गतिविधिको खतरा छ । हामीसामु युद्ध आतंकको खतरा छ । युद्धको रूपमा नेपालमा विदेशीहरूको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुन्छ,’ नेता गुरुङले भने, ‘देशलाई एकताबद्ध गरेर लैजान पनि राष्ट्रिय दलहरूको बीचमा राष्ट्रिय सहमतिको जरुरी छ ।’

नेता गुरुङले नेपालको इतिहासमा सुगौली सन्धिदेखि नै नेपालको राष्ट्रिय स्वाधीनता कुण्ठित हुँदै आएको बताए । उनले नेपालमा खुला सिमानाका कारण जनसांख्यिक अतिक्रमण, अवैध प्रकारका सामग्रीहरूको ओसारपसारको वृद्धि र राजस्व छली भइरहेको पनि बताए । यस्ता घटनाको गम्भीर असर देशको अर्थतन्त्रमा परिरहेको उनको भनाइ थियो । 

पासपोर्ट र भिजाको व्यवस्था गरेर मात्रै नेपाल र भारतबीचको खुला सीमा नियन्त्रित र व्यवस्थित हुने उनको भनाइ थियो । खुला सीमा भएकै कारण कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागमा अतिक्रमण बढिरहेको उनले बताए। खुला सिमाना नियतवश राखिएको भन्दै यसलाई राज्य सञ्चालकहरूले नियन्त्रण र व्यवस्थित गर्न नसकेको र यसैकारणले देशमा आप्रवासीको जनसंख्या बढेको उनको दाबी थियो ।