मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस काठमाडौं
२०७९ श्रावण २४ मंगलबार २३:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतबाट फर्किएका ४२ जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०७९ श्रावण २४ मंगलबार २३:२०:००

सुदूरपश्चिम प्रदेशमा एकै दिन ८४ जनामा कोरोना संक्रमण देखिएको छ । गएको २४ घन्टामा एक हजार एक सय सातजनाको परीक्षण गर्दा ८४ मा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

संक्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ४२, कैलालीका ३३, अछामका चार, दार्चुलाका दुई र बझाङ, डोटी र बैतडीका एक-एक रहेका छन् । तीमध्ये भारतबाट फर्किएका ४२ मा संक्रमण पुष्टि भएको हो । 

गड्डाचौकी नाकाबाट फर्किएका २३, गौरीफन्टा नाकाबाट १६, पुलघाट नाकाबाट दुई र झुलाघाट नाकाबाट फर्किएका एकजनामा संक्रमण देखिएको निर्देशनालयका कोभिड– १९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यसअघि सोमबार यस प्रदेशमा एक सय २१ मा संक्रमण देखापरेको थियो । 

यस प्रदेशका भारतसँग सीमा जोडिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर नाकामै कोरोना परीक्षण कार्य जारी रहेको छ । सुदूरपश्चिममा हालसम्म पाँच लाख ६५ हजार सात सय ९२ को कोरोना परीक्षण गरिएकोमा ६० हजार पाँच सय ११ मा संक्रमण देखिएको छ । संक्रमणका कारण हालसम्म ६ सय ३४ को ज्यान गइसकेको छ ।