१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १७:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालमा एकै दिन थपिए १ हजारभन्दा बढी कोरोना संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १७:४९:oo

कोरोना भाइरसको संक्रमित मंगलबार एक हजारभन्दा बढीमा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा ६ हजार तीन सय परीक्षणमध्ये एक हजार ९० मा कोरोना भाइरसको संक्रमित पुष्टि भएको हो।

सक्रिय संक्रमितको संख्या पाँच हजार आठ सय छ पुगेको छ। यस्तै, आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ३८ घर फर्किएका छन्। आज कोरोना भाइरसको संक्रमितबाट दुईजनाको निधन भएको छ। 

अहिलेसम्म ११ हजार नौ सय ७४ को संक्रमितबाट निधन भएको छ। पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर तथा दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला मोरङ रहेको छ। संक्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालिकोट र हुम्ला रहेका छन्। यस्तै, होम आइसोलेसनमा पाँच हजार पाँच सय ९३, संस्थागत आइसोलेसनमा दुई सय १३, सघन उपचार कक्ष (आइसियू)मा ६१ जना र भेन्टिलेटरमा सातजनाको उपचार भइरहेको छ। विगत २४ घण्टामा एक लाख ७१ हजार आठ सय ३७ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।