मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २४ मंगलबार १७:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा आगलागी, डेढ लाखबराबरको क्षति

Read Time : < 1 मिनेट
२०७९ श्रावण २४ मंगलबार १७:३५:००

लमजुङको बेँसीसहर नगरपालिका-११ रामचोक बेँसीमा आगालागीबाट एउटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। मंगलबार बिहान  साढे ९ बजे बेँसीसहर नगरपालिका ११ चिती रामचोक कोलडाँडास्थित आइते सार्कीको घरमा खाना पकाउने क्रममा आगलागी भएको हो। 

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार घर जल्दा करिब १ लाख ५० हजार रुपैयाँबराबरको क्षति भएको छ। मानवीय तथा पशु चौपायाको क्षति नभएको र उक्त आगो स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको रेग्मीले बताए ।

आगलागीपछि प्रहरी निरीक्षक विष्णु विकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। आइते सार्की र उनकी पत्नी उजेली सार्की गरी पतिपत्नी बस्दै आएको घरमा मंगलबार बिहान आगलागी भएको हो।