काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फोहोर व्यवस्थापनको आफ्नो प्राथमिकतामा चरणबद्ध रूपमा व्यवधान ल्याउने प्रयास भइरहेको प्रतिक्रिया दिएका छन् ।
बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन महानगरका डोजर, एक्स्काभेटर र फोहोर बोकेर गएका गाडीहरूमा तोडफोड भएपछि शाहले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सामाजिक सञ्जालबाट उनले आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका छन्, ‘फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशील छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । वर्षाैँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्ध रूपमा नयाँ–नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ ।’
उनले सोमबार राति भएको तोडफोडलाई चलखेलको संज्ञा दिएका छन् । ‘यसै क्रममा हिजो राति फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरूको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा हामीले यसलाई लिएका छौँ ।’
उनले फोहोर बोक्ने साधनहरूको तोडफोड कानुनी रूपमा पनि जघन्य अपराध भएको भन्दै कानुनबमोजिम अपराधीहरूलाई कडाभन्दा कडा कारबाही गराउन महानगर स्पष्ट रहेको बताएका छन् ।
तोडफोड गर्नेहरूबाट नै यसको भरपाई तथा क्षतिपूर्ति गराउने उनको भनाइ छ । ‘केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरूको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन,’ उनले भनेका छन्, ‘विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।’
जसले फाेड्याे, उसैलाई तिराउँछु - बालेन
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
सोमबार १० बजेसम्मका प्रमुख १० खबर
विश्वकप लिग– २ : ओमानविरुद्ध नेपालको रोमाञ्चक जित आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत सोमबार भएको खेलम…
विश्वकप लिग– २ : ओमानविरुद्ध नेपालको रोमाञ्चक जित
काठमाडौं। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गर…
दसैँ मनाउन गाउँ फर्किए सर्वसाधारण, सुनसान बन्यो काठमाडौं उपत्यका
काठमाडौं । बडादसैँ मनाउन लाखौँ सर्वसाधारण आफ्नो जन्मथलो फर्किएसँगै काठमाडौं उपत्यका सुनसान बनेको छ। सधैँ सवारी चाप र मानिसहर…
विराटनगरवासीले पाउने भए शुद्ध खानेपानी, साढे दुई अर्बभन्दा बढीको परियोजना अन्तिम चरणमा
विराटनगर । विराटनगरमा अब अशुद्ध खानेपानीको त्रास अन्त्य हुने भएको छ। अशुद्ध खानेपानीकै कारण १२ वर्षअघि जन्डिसको महाम…
उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज सोमबार देशको हिमाली तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित…
आनी छोइङ डोल्मालाई कोषको उपाध्यक्ष नियुक्त गरेपछि लुम्बिनीका स्थानीयद्वारा विरोध
भैरहवा । आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएपछि लुम्बिनीका स्थानीय आक्रोशित बनेका छन्। विवादित पात्र डोल्…