मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२४घण्टे अल्टिमेटम सकिएपछि काठमाडाैं महानगरका प्रमुख बालेन्द्र शाह नर्भिक अस्पतालमा । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२०७९ श्रावण २४ मंगलबार १६:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालेनको अडानले पछि हट्यो नर्भिक, संरचना भत्काउन तयार, महानगरले थप समय दिने

Read Time : < 1 मिनेट
२०७९ श्रावण २४ मंगलबार १६:५६:००

सरकारी जग्गामा निर्माण गरिएका संरचना भत्काउन नर्भिक अस्पताल तयार भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहबीच नर्भिक अस्पतालमा भएको छलफलपछि नर्भिक संरचना हटाउन तयार भएको हो । 
महानगरपालिकाले तोकेको २४ घण्टाभित्र संरचना हटाउन नसकिने भन्दै नर्भिकले आजै पत्रकार सम्मेलन गरेर आफूहरूले सरकारसँग भएको सम्झौताविपरीत कुनै संरचना नबनाएको दाबी गरेको थियो । 
तर, नर्भिकको दाबी आएको केही समयपछि महानगर प्रमुख शाह आज पुनः नर्भिक अस्पताल पुगेका थिए । उनले अस्पतालका अध्यक्ष सिंहलाई नक्सा नबनाई संरचना बनाउन नपाइने भन्दै हटाउन पुनः आग्रह गरे । 
सिंहले निर्माण भइसकेका संरचनाहरूको नक्सा पास गराउन आफू तयार रहेको बताएका थिए । तर, शाहले नक्सा पास नभई गैरकानुनी रूपमा बनाइएका संरचना भत्काउनैपर्ने अडान लिएपछि नर्भिकले समय मागेको हो । 
त्यसपछि दुवै पक्षका इन्जिनियर राखेर त्यहाँ रहेका अक्सिजन प्लान्ट हटाउन लाग्ने समय निर्क्यौल गर्ने र महानगरले त्यति समय प्रदान गर्ने समझदारी भएको छ । 
शाहले हिजो आफैँ नर्भिक अस्पताल पुगेर २४ घन्टे अल्टिमेटमसहितको सूचना अस्पतालमा टाँस गराएका थिए । अल्टिमेटम आज दुई बजेसम्मका लागि थियो । अल्टिमेटम सकिएलगत्तै उनी नर्भिक पुगेका थिए ।