१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २४ मंगलबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २४ मंगलबार १४:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस सांसदको प्रश्न- एम अधिकारी को हुन् ? राष्ट्र बैंकका गभर्नर कि कृषक ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २४ मंगलबार १४:३३:oo

सत्तारूढ नेपाली कांग्रेसका सांसद अतहरकमाल मुसलमानले एम अधिकारीको पहिचान सदनले अझै गर्न नसकेको भन्दै आपत्ति जनाएका छन्।

सांसद मुसलमानले सदनमा पटकपटक उठेको एम अधिकारी को हुन् भन्ने विषय आमजनताको पनि सरोकारको विषय भएकाले त्यसको तत्काल पहिचान गर्न जरुरी रहेको बताए। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर हुन् वा होइनन् भन्ने कुरा आमजनताको पनि सरोकारको विषय भएकाले त्यसको पहिचान गर्न संसद्ले ढिलाइ गर्न नहुने बताए।

सांसद मुसलमानले भने, ‘यो सदनभित्र पटकपटक उठेको एम अधिकारीलाई हामीले पहिचान गर्न सकेनौँ। के हामी घर जाँदाजाँदा एम अधिकारीको पहिचान गर्न सक्छौँ ? किनभने सदनमा पटकपटक उठेको विषयमा हामीले गएर जनताको बीचमा के जवाफ दिने हो ? एम अधिकारी को हुन् ? महाप्रसाद अधिकारी हुन् कि माधव अधिकारी हुन् ? कहाँका बासिन्दा हुन् ? राष्ट्र बैंकका गभर्नर हुन् वा कुनै कृषक हुन् ? यसको जानकारी प्राप्त भयो भने सायद हामी जनताको माझमा जाँदाखेरि सदनमा हामीले एउटा व्यक्तिको पहिचान गर्न सक्यौँ भनेर भन्ने थियौँ।’