१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format ११:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वर्गीय पत्नीको सम्झनामा पुस्तकालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४६:oo

सामाजिक क्षेत्रमा सक्रिय रहेका दोलखाका समाजसेवी वरिष्ठ इन्जिनियर आत्मकृष्ण श्रेष्ठले स्वर्गीय पत्नीको सम्झनामा सामुदायिक क्याम्पसमा पुस्तकालय निर्माण गरेका छन्। श्रेष्ठले चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा आफ्नी स्वर्गीय धर्मपत्नी रूपा श्रेष्ठको स्मृतिमा पुस्तकालय निर्माण गरेका हुन्।

रूपा स्मृति फाउन्डेसनमार्फत जिल्लाकै जेठो सामुदायिक क्याम्पस गौरीशंकरमा पुस्तकालय निर्माण गरिएको फाउन्डेसनका अध्यक्षसमेत रहेका श्रेष्ठले जानकारी दिए। सोमबार आयोजित एक समारोहमा फाउन्डेसनका अध्यक्ष श्रेष्ठले क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरलाई पुस्तकालय हस्तान्तरण गरे। उक्त क्याम्पसको क्याम्पस सभा सदस्यसहित राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रूपाको ७६ वर्षको उमेरमा क्यान्सर रोगका कारण गत फागुन १० गते काठमाडौंमा निधन भएको थियो।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले उक्त पुस्तकालयको उद्घाटन गर्दै स्वर्गीय श्रेष्ठको परिवारले दोलखाको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा गरेको योगदानको स्मरण गरे। उनले जिल्लाकै जेठो क्याम्पसमा पुस्तकालय स्थापना गरी सहयोग गरेकोमा श्रेष्ठ परिवारप्रति नगरको तर्फबाट आभार व्यक्त गरे। मानन्धरले पुस्तकालयसहित क्याम्पसको थप व्यवस्थापनमा नगरले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

क्याम्पसका प्रमुख शान्त केसीले सो पुस्तकालय भवन निर्माणका लागि फाउन्डेसनले २५ लाख रकम सहयोग गरेको जानकारी दिए। पुस्तकालयमा हाल झन्डै २६ हजार पुस्तक छन्। पुस्तकालयमा विषयगत, साहित्यिक र अन्य समसामयिक पुस्तक छन्।

ई–लाइब्रेरी सञ्चालन गर्ने तयारी
गौरीशंकर क्याम्पसले फाउन्डेसनको सहयोगमा निर्माण सम्पन्न भएको भवनबाटै ई–लाइब्रेरीसमेत सञ्चालन गर्ने तयारी गरेको छ। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र मानन्धरले ई–लाइब्रेरी सञ्चालनका लागि केन्द्रीय पुस्तकालय कीर्तिपुरसँग समन्वय गरी डिजिटल प्रविधिको ई–लाइब्रेरी सञ्चालन गर्ने तयारी भइरहेको जनाएका छन्।