१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बिओकेको रिकरिङ र रिभर्स रिकरिङ खाता सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o५:oo

बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशत ब्याजदर भएको बिओके रिकरिङ र रिभर्स रिकरिङ निक्षेप खाताहरू सञ्चालनमा ल्याएको छ । बैंकले वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहेका व्यक्तिका लागि विभिन्न आकर्षक सुविधाका साथ उच्च ब्याजदरसहितको वित्तीय व्यवस्थापनका सुविधाहरू भएको खाता सञ्चालनमा ल्याएको हो । 

आजको स–साना बचतले भविष्यको ठूला वित्तीय आवश्यकताहरू सहज रूपमा व्यवस्थापन हुन्छन् भन्ने मान्यतालाई आत्मसात् गर्दै बैंकले रिकरिङ खाता सञ्चालनमा ल्याएको दाबी गरेको छ । ग्राहकको वित्तीय व्यवस्थापनसहित ११.०३ प्रतिशत ब्याज आम्दानीको सुनिश्चितताका लागि यस रिकरिङ निक्षेप खाता ल्याएको बैंकले उल्लेख गरेको छ ।

न्यूनतम एक हजार रुपैयाँदेखि खोल्न सकिने यस निक्षेप खातामा बैंकले खातावाहकलाई त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्ने जनाएको छ । यसका साथै आफ्नो भविष्यको वित्तीय आवश्यकतालाई ध्यानमा राखी क्रमिक रूपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक पाँच सय रुपैयाँको गुणांकमा न्यूनतम एक वर्षदेखि अधिकतम् १० वर्ष बचत गर्न सकिने बैंकले जनाएको छ । यदि रिकरिङ निक्षेप खातावाहकलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था रहेको जनाइएको छ ।  

त्यस्तै, बिओके रिभर्स रिकरिङ निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमै पहिलोपटक सञ्चालनमा ल्याएको बैंकको भनाइ छ । खातावाहकको वर्तमानको वित्तीय व्यवस्थापनसहित आकर्षक ब्याजदरको व्यवस्था रहेको बिओके रिभर्स रिकरिङ निक्षेप खातामा एकमुष्ट रकम बचत गरी आवधिक रूपमा आवश्यक रकम आफ्नो इच्छा तथा योजनाअनुसार अन्य खाताहरूमा रकमान्तर गर्ने सुविधा रहेको जनाइएको छ । न्यूनतम मौज्दात दुई लाख रुपैयाँ भएको यस खातामा ग्राहकलाई वार्षिक ११.०३ प्रतिशतको ब्याज मासिक रूपमा आम्दानी हुने उल्लेख छ । यस खातामा न्यूनतम एक वर्षदेखि अधिकतम १० वर्षसम्मको वित्तीय व्यवस्थापन अवधि रहेको बैंकले जनाएको छ । 

ad
ad