१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार २o:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

ग्यासको प्रयोग १५ प्रतिशत कटौती गर्ने योजना लागू

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार २o:३५:oo

युक्रेनमा रुसको युद्धका कारण उत्पन्न ऊर्जा मूल्य संकटको सामना गर्न युरोपेली संघ (इयू) ले ग्यासको खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना लागू भएको छ ।
दुई साताअघि २७ राष्ट्र सम्मिलित युरोपेली संघ (इयू) ले सहमति गरेको उक्त योजनालाई समेटेर इयूको नियम सोमबार युरोपेली संघको आधिकारिक प्रशासनिक पत्रमा प्रकाशित गरिएको छ । ‘युक्रेनविरुद्ध रुसी सैन्य आक्रमणले ल्याएको ग्यास आपूर्तिको सुरक्षामा आसन्न खतरालाई ध्यानमा राख्दै यो नियम तत्काल लागू गरिनुपर्ने देखिएकोले मंगलबारदेखि कार्यान्वयनमा ल्याइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
यसको उद्देश्य अत्यधिक चिसो समयलाई आफ्नो ग्यासको भण्डारलाई समयमै बलियो बनाउन सक्षम हुनुपर्ने र यसका लागि इयूले यो निर्णय गरेको हो । युरोपेली घरपरिवार र व्यवसायहरू ऊर्जाका लागि रुसी ग्यासको भर पर्नुपर्ने र यसका लागि इन्धन भण्डारण नै निर्विकल्प उपाय भएको विज्ञप्तिमा बताइएको छ ।
पत्रमा भनिएको छ, ‘इयू देशहरूले उनीहरूले अघिल्लो पाँच वर्षमा औसतमा कति प्रयोग गरे भन्ने आधारमा यही अगस्टदेखि अर्को वर्षको मार्चसम्म ‘कम्तीमा १५ प्रतिशत’ ग्यास खपत घटाउन आफ्नो सर्वोत्तम प्रयास प्रयोग गर्नेछन् ।’  
केही इयू देशहरूले यस नियमलाई कडाइका साथ पालना असम्भव भएको भन्दै नियम कार्यान्वयन गर्न मानिरहेका थिएनन् । उनीहरूले कुनै पनि अवस्थामा ‘स्वैच्छिक माग कटौती’ गर्ने सर्त राखेका थिए । यी देशहरू युरोपेली विद्युत् ग्रिडमा पूर्ण रूपमा जडान गरिएका थिएनन् वा इयूका अन्य भागहरूमा ग्यास पाइप लाइनहरूसँग वा अन्य सदस्य राष्ट्रहरूलाई मद्दत गर्न पर्याप्त पाइप लाइन ग्यास खाली गर्न असमर्थ थिए ।
रुसबाट सीधै ल्याइने ग्यासमा निर्भर रहेको हंगेरीले यसको अपवादको माग गरेको थियो । इयूको आर्थिक महाशक्ति जर्मनीले गत वर्ष रुसबाट आयात हुने ४० प्रतिशत ग्यास आयातमा ठूलो हिस्सा ओगटेको थियो । 
यदि युरोपेली आयोगले ‘ग्यास आपूर्तिमा गम्भीर कमी’ वा असाधारण रूपमा उच्च ग्यासको माग देखापरेको छ भने, यसले इयू सदस्य राष्ट्रहरूलाई ग्यास कटौतीका लागि बाध्यकारी बनाउँदछ र अपवादहरू सीमित गर्दछ ।
इयूले यूक्रेन युद्धका लागि मस्कोमाथि लगाएको प्रतिबन्धमा रुसी ग्यासलाई समावेश नगरे पनि ब्रसेल्सले युरोपलाई बलियो बनाउन सक्ने अनुमानसहित ब्रसेल्सका लागि हुने आपूर्तिमा पनि क्रेमलिनले भारी कटौती गरेको छ ।
 

ad
ad