१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २३ सोमबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २३ सोमबार १७:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकतामा अपमानजनक शब्द सच्याउन गृहको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २३ सोमबार १७:४७:oo

गृह मन्त्रालयले नागरिकतामा लेखिएका अपमानजनक शब्द सच्याउने भएको छ। सोमबार विज्ञप्ति जारी गर्दै गृहले सम्बन्धित व्यक्तिले माग गरेमा अपमानजनक रूपमा लेखिएका नाम सच्याउने व्यवस्था मिलाउने जनाएको छ।

'विभिन्न जिल्लाहरूबाट जारी भएका नेपाली नागरिकताका प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा प्रकाशित समाचार, सूचना तथा जानकारीहरूप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। सो सम्बन्धमा देहायअनुसारको व्यवस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,' विज्ञप्तिमा भनिएको छ।

व्यक्तिको नाम र थर अपमानजनक जनाउ हुने गरी नागरिकताको प्रमाणपत्र जारी नगरिने पनि गृहले प्रस्ट पारेको छ।