१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
तस्बिर : नयाँ पत्रिका अर्काइभ
रासस काठमाडौं
२o८१ जेठ ५ शनिबार २१:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

१७ पुसदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २१:४५:oo

सन् २०२३ को पहिलो दिन (आगामी १७ पुस) देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आज बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको राससले जनाएको छ । 
राससका अनुसार प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी दिए । प्रवक्ता निरौलाका अनुसार उक्त विमानस्थलमा आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुनेछ । झन्डै२२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।
दुई सय हेक्टर क्षेत्रफलमा निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा अन्तर्राष्ट्रियस्तरसँग सिधा जोडिनेछ ।
 

ad
ad