१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपत्यकामा एक हप्तामा १७ हजार सवारीचालक कारबाहीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३८:oo

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एक हप्तामा १७ हजार चार सय ९३ सवारीचालकलाई कारबाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई काठमाडौं उपत्यका ट्राफिक तथा त्यस मातहतका कार्यालयले कारबाही गरेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी कारबाहीमा मादकपदार्थ सेवन गर्ने सवारीचालक छन्। यही साउन १५ देखि २१ गतेसम्ममा मादकपदार्थ सेवन गरी सवारी चलाउनेको संख्या एक हजार ७४ छ।

ट्राफिक प्रहरी कार्यालयले कारबाहीमा पर्ने सवारीचालकको वर्गीकरण गर्दै सूची बनाउने गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मापसे गरी सवारीसाधन चलाउने एक हजार ७४, लेन मिच्ने ६ सय ५९, रेडलाइटमा सवारी चलाउने पाँच सय ७४, जथाभावी रूपमा नम्बर प्लेट बनाउने दुई सय ४२ छन्।

तथ्यांकअनुसार शुक्रबार मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउनेको संख्या सबैभन्दा बढी छ भने सोमबार सबैभन्दा कम छ।  शुक्रबार मादकपदार्थ सेवन गरी सवारी चलाउने दुई सय ३२ तथा सोमबार एक सय १५ चालक रहेका छन्। रासस