१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १४:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक साताभित्र प्रहरी समायोजन गर्न प्रधानमन्त्रीलाई मधेस सरकारको ध्यानाकर्षण

समायोजन नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्ने चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२५:oo

मधेस सरकारले एक साताभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह नेतृत्वको मन्त्रीहरूको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएको हो।

नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठन तथा अनुसूची ६ (१) ले शान्तिसुरक्षासम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने व्यवस्था गरे पनि प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको अनुभूति गर्न नसकेको ध्यानाकर्षणपत्रमा उल्लेख छ। अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न मन्त्रीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

प्रहरी हस्तान्तरण गर्न प्रधानमन्त्री देउवालाई यसअघि नै ज्ञापनपत्र बुझाइसकेको स्मरण गराउँदै मधेस सरकारले एक साताभित्र प्रहरी समायोजन नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ। ध्यानाकर्षणपत्र बुझाउने क्रममा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, कृषिमन्त्री विजयकुमार यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मालगायत सहभागी थिए।

ध्यानाकर्षणपत्र बुझ्दै प्रदेश प्रमुख मिश्रले पत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाउने बताएका छन्। गत महिना मधेस सरकारको आयोजनामा जनकपुरधाममा सम्पन्न ६ वटा प्रदेशको गृहमन्त्रीस्तरीय भेलाले प्रहरी समायोजन गर्न माग गर्दै घोषणापत्र जारी गरेको थियो।