मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नेमार (बायाँ), मेसी (दायाँ) । तस्बिर : एजेन्सी
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २२ आइतबार १२:१८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मेसी र नेमार चम्किँदा पिएसजीको सानदार सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २२ आइतबार १२:१८:००

लियोनल मेसी र नेमार जुनियर चम्किँदा लिग वानको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार सुरुवात गरेको छ । 

फ्रेन्च लिगअन्तर्गत शनिबार राति भएको आफ्नो पहिलो खेलमा पिएसजीले क्लेरमन्ट फुटमाथि उसैको घरेलु मैदानमा ५–० गोलले हरायो । उसका लागि म्यान अफ दी म्याच मेसीले दुई, नेमार, मार्किन्होस र अचरफ हाकिमीले एक–एक गोल गरे । नेमारले तीन गोलका लागि असिस्ट गरेका थिए भने मेसीले एक असिस्ट गरे ।

खेलको सुरुवातमै पिएसजीले अग्रता लिएको थियो । नवौँ मिनेटमा मेसीले मिलाएको पासमा नेमारले गोल गर्दै पिएसजीलाई सुरुवात दिलाएका थिए । त्यसपछि २६, ३८, ८० र ८६औँ मिनेटमा गोल भयो । 

मेसीको दोस्रो गोल निकै आकर्षक थियो । पाराडेसले दिएको पासलाई छातीले नियन्त्रण गर्दै भलीमार्फत मेसीले बललाई जाली चुमाएका थिए । जितपछि पिएसजीले तीन अंक हासिल गरेको छ ।