१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीको सिमिचौरमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५९:oo

गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । आइतबार बिहान रेसुंगा नगरपालिका– १० को सिमिचौरमा लु.१ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा चालक रनबहादुर ढेँगाको ज्यान गएको सशस्त्र प्रहरी नायब उपरीक्षक निबनकुमार खड्काले जानकारी दिए ।

चालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएकाे छ । गुल्मीबाट बुटवल जान हिँडेको ट्रक सिमिचौरमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मी र सशस्त्र प्रहरी बल गुल्मी ३७ नम्बरको सुरक्षाकर्मीको टोलीले घटनास्थलबाट शव निकालेका छन् । अहिले मृतक ढेँगाको शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ ।