१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:२७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल समाजवादी पार्टीको प्रथम पूर्ण बैठक : अध्यक्षमा भट्टराई र यादव, विचार र मुद्दा मिल्नेसँग चुनावी तालमेल गर्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:२७:oo

दीपक लामिछानेले गत ५ फागुनमा निर्वाचन आयोगमा दर्ता गराएको समावेशी लोकतान्त्रिक पार्टीको नाम फेरेर नेपाल समाजवादी पार्टी बनाइएको हो

नेपाल समाजवादी पार्टीको प्रथम पूर्ण बैठकले पहिलो वरीयताको अध्यक्षमा डा. बाबुराम भट्टराई र अध्यक्षमा महिन्द्र राय यादवलाई चयन गरेको छ । जसपाबाट अलग भएका डा. भट्टराईले आफ्नै नेतृत्वमा पार्टी बनाएका हुन् । आगामी ४ मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकताअनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्न सक्ने निर्णय केन्द्रीय समितिको बैठकले गरेको छ । 

२९ असारमा बसेको जसपाको डा. भट्टराई पक्षले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको थियो । दीपक लामिछानेले गत ५ फागुनमा निर्वाचन आयोगमा दर्ता गराएको समावेशी लोकतान्त्रिक पार्टीको नाम फेरेर नेपाल समाजवादी पार्टी बनाइएको हो । चुनावचिह्न आँखा कायम छ । बैठकले पार्टीको तेस्रो वरीयतामा सहअध्यक्ष गंगा श्रेष्ठलाई बनाएको छ । बैठकले उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई बनाएको छ । 

बैठकले नौजना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ । जसमा क्रमशः १ नम्बर प्रदेशमा राजेन्द्रकुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, बागमती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतीप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ रहेका छन् ।

बैठकले १८९ सदस्यीय केन्द्रीय सदस्यमा अक्कलबहादुर थिङ, अब्दुल रहमान मुसलमान, अस्मिता सिंह (मानुषी यमी भट्टराई), अमृतकुमार पुरी, मृतबहादुर आचार्य, ईश्वर रिजाल, उपेन्द्रलाल कामी, उमाशंकर यादव, उर्मिला पाण्डे, उमेश साह, एकबहादुर रानामगर, एमपी रिजाल, एसबी स्याङ्तान, कर्णध्वज केसी, कर्णसिंह रतोकी, कमलप्रसाद खनाल, किस्मत विक (रामदाम), केशवराज अर्याल, कैलाश बानियाँ, कृतिबहादुर भट्टराई, कृष्णप्रसाद शर्मा, खुम्बराज खत्री, गजाधर सुनार, गजेन्द्र ठाकुर, गोकर्णबहादुर थापा क्षेत्री, गोपालबाबु श्रेष्ठ, गोविन्दप्रसाद चौधरी, घमानसिं गुरुङ, चित्रप्रसाद सापकोटा, चिनक कुर्मी, छन्दबहादुर पन्थी, जनकराज शाह, जितमान पुन, जेकेन्द्रकुमार श्रेष्ठ, जेसिका तामाङ, टीकाराम पौडेल, टीकाराम रेग्मी, टेकबहादुर बाठामगर, ढाकाराम गौतम, तारादेवी शर्मा, तेजबहादुर थापा, तेजलाल कर्ण र दलबहादुर लिम्बू छन् ।

यसैगरी, दानबहादुर कुर्मी चौधरी, दानबहादुर सहकारी, दावा स्याङ्बो तामाङ, दुर्गादेवी भट्टराई, देवीबहादुर बुढाथोकी, देवेन्द्र पाण्डेय, देवेन्द्र थापा, देवेन्द्र यादव, धनबहादुर गुरुङ, नहेन्द्र प्रधान, नारायणप्रसाद खनाल, नरेन्द्रनाथ योगी, नारायणराज पाण्डे, पवित्राकुमारी तिमिल्सिना, पंकज राई, फणिन्द्र देवकोटा, बन्दना श्रेष्ठ (सुवेदी), बालकृष्ण खनाल, भक्तिप्रसाद आचार्य, भरतराज दाहाल, भीमबहादुर मल्ल, भीमप्रसाद पराजुली, भीमलाल तामाङ, महम्मदकलाम अन्सारी, महेन्द्रकुमार श्रेष्ठ, महेन्द्रबहादुर शाही, माधवराज गिरी, मीनराज बडू, मीनबहादुर दर्जी, मुक्तिनारायण यादव, मुहम्मद वकिल मुसलमान, मोतीप्रसाद पंगाली, मोनिका सिंह (मिन्टु), मो. इजरायल अहमद, यज्ञप्रसाद पोखरेल, रमेश पोखरेल, राजदेव राम, राजु नेपाल, राजु थापा, राजेन्द्रकुमार किराती, राजेन्द्रप्रसाद देवकोटा, रामरिझन यादव, रामबहादुर बोहरा, रामबाबु थापा, रामकैलाश यादव, रामकुमार पुरी, रामबहादुर घले, रिमबहादुर बस्येल, रोशन पोखरेल र रोहिणीप्रसाद पाण्डे पनि केन्द्रीय सदस्यमा परेका छन् । 

यसबाहेक लालध्वज नेम्वाङ, विनोदकुमार गुरुङ, विमल गिरी, विष्णुप्रसाद आचार्य, वीरबहादुर तामाङ, वीरेन्द्र हरिजन, वेदप्रसाद आचार्य, शम्भुबहादुर परियार, शरदमणि खरेल, शिवसुन्दर शाही, शिवशंकर यादव, सञ्जय पासवान, सरुण बाठामगर, साधु यादव, सिर्जना रिजाल नेपाल, श्रीचन्द मुखिया, सृजना सुवेदी, सुदर्शन खतिवडा, सुनिता काफ्ले, सुनिल खड्का, सुनिल विक, सुभाष पाण्डे, सुरेन्द्रकुमार पटेल, सूर्यबहादुर राई, सूर्यनारायण मण्डल, सोनामसिं स्याङ्तान, सोमबहादुर थिङ, सञ्जयकुमार साह, सज्जीव गुरुङ, हरिबहादुर श्रेष्ठ, हरिप्रसाद रिजाल, हरिशरण आचार्य, हिक्मत विश्वकर्मा, हेमबहादुर थापा (पराजुली), होमकुमारी तामाङ (दोङ), ज्ञानेन्द्र कुमाल, दीपक लामिछाने, विमला अर्याल, तारा दवाडी, सावित्री राई, प्रमिला यादव, तारा भण्डारी, सलमा खातुन मिकरानी, मीरा रानी, सुनिता देवी, नुरी मिकरानी, सुनितादेवी यादव र सवनम खातुन छन् । 

यसबाहेक बबिता देवी, फूलतारन कुमारी, रौसनी खातुन, सैरा बानु अन्सारी, सुशीलादेवी यादव, सानी श्रेष्ठ, शोभा माझी, अनिता थिङ, आशा लामा, निकिता तामाङ, दिलमाया लामा, वसुन्धरा सापकोटा, न्हुछेशोभा तुलाधर, टीकाकुमारी प्रज्ञा, मञ्जु थापामगर, देवीकुमारी क्षेत्री, दुर्गा गुरुङ, लक्ष्मी खाती परियार, नारायणी अधिकारी, धनमाया लामा, ईश्वरी थापा, ज्ञानीदेवी थापामगर, पूर्णमाया वन्त, लक्ष्मी चौधरी, धनेश्वरी चौधरी, राधा थापा, रमा आचार्य, रेखा गुप्ता, मञ्जु चौधरी, मीरा शाह, सरस्वती पाण्डे, मनिका जैसी, सत्यदेवी चापागाईं, कमला धामी, शारदा भट्टराई, इन्दिरा बस्ताकोटी, विमला पुरी, सानु गुरुङ, सरिता ढकाल, मञ्जु मिक्चन तामाङ र शारदा नेपाल केन्द्रीय सदस्य भएका छन् ।