निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ ३ शुक्रबार
  • Friday, 19 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २१ शनिबार १४:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जबराविरुद्धको महाभियोग प्रतिनिधिसभाको कार्यसूचीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २१ शनिबार १४:३२:००

निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव संसद्मा अघि बढ्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख गरिएको छ।

मन्त्रिपरिषदमा भागबन्डा खोजेकोलगायतका विभिन्न कारणले विवादित बनेका जबराविरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो। माओवादी केन्द्रका देव गुरूङ, कांग्रेसकी पुष्पा भुसाल र नेकपा एसका जीवनराम श्रेष्ठले प्रस्ताव गरेको महाभियोगकाे समर्थनमा ९८ सांसद्ले हस्ताक्षर गरेका थिए।

'मिति २०७८ फागुन २९ गतेको बैठकमा माननीय श्री देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने,' प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा उल्लेख छ।

जबरामाथि महाभियोग लगाउन माग गर्दै नेपाल बार एशोसियसन, सर्वोच्च बार एसोसियसनलगायतका संस्थाहरुले तीन महिना भन्दा लामो समय धर्ना दिएका थिए। प्रतिनिधिसभाको बैठक भोलि आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।