१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
फाइल फाेटाे
Invalid date format १३:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सप्तकोसीमा हाइअलर्ट जारी, तटीय क्षेत्रमा नजान प्रशासनको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५६:oo

सप्तकोसी नदीको जलस्तर अस्वाभाविक बढ्ने आकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वाभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोतसाधन तयारी अवस्थामा राखिएको बताए। प्रजिअ यादवले नदीको वराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै हाइअलर्टमा सबै संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिए । वराहक्षेत्रको बहाव चतरा मापनमा आइपुग्दा सतर्कता तह पार गर्ने सम्भावना देखिएकाले तटीय क्षेत्रसहित आसपासमा सावधानी बढाइएको उनले बताए। प्रजिअ यादवका अनुसार उक्त बहाव कोसी ब्यारेजको मापनमा आइपुग्दा पाँच लाख क्युसेकको हाराहारीमा पुग्न सक्ने देखिएको छ।

यसैबीच कोसीको बाढीलाई मध्यनजर गर्दै सप्तरीतर्फ समेत प्रशासनले हाइअलर्ट जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले कोसीआसपासको क्षेत्रमा हाइअलर्ट जारी गरिएको बताए। कोसी ब्यारेजले नाै लाख क्युसेक बहाव धान्न सक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले चार लाख क्युसेकमाथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमका रूपमा लिने गरेका छन्। सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ।