मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण २१ शनिबार
  • Friday, 28 August, 2026
फाइल फाेटाे
२o७९ श्रावण २१ शनिबार १३:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधान रक्षाका लागि तालमेल आवश्यक : नेता कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २१ शनिबार १३:o९:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरूबीच तालमेल आवश्यक भएको बताएका छन् ।

सञ्चारकर्मीसँग शनिबार चितवनमा कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए । उनले भने, 'सरकार पनि गठबन्धनको छ। गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।'

तालमेल गरेर निर्वाचनमा जाँदा कांग्रेसले एक सय सिट पाउनुपर्ने उनको दाबी छ। तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले थपे, 'एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनुप–यो।' अहिलेको परिस्थितिमा सबै दल कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उनको भनाइ थियो।

संविधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनको विरुद्धमा एक भएका दलहरू एक ठाउँ भएर निर्वाचनमा जाँदा राम्रो हुने कोइरालाले बताए ।