मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २१ शनिबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २१ शनिबार १o:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बागमती प्रदेशमा  ८८ प्रतिशत धान रोपाइँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २१ शनिबार १o:३७:oo

केही दिनदेखि परेको लगातार वर्षापछि बागमती प्रदेशमा ८८ प्रतिशत धान रोपाइँ कार्य सकिएको छ । बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटाैंडाका अनुसार भौगौलिक विकटता र सिँचाइको अभावका कारण प्रदेशका धेरै ठाउँमा खेतीका लागि आकाशे पानीको भर पर्नुपर्ने हुन्छ ।  त्यस्तै, किसानलाई मलको पनि समस्या  छ । 

बागमती प्रदेशको १३ जिल्लामा कूल एक लाख २० हजार पाँच सय ६९ हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । तर अहिलेसम्म बागमती प्रदेशमा करिब एक लाख छ हजार हेक्टर जमिनमा धानखेतीका लागि रोपाइँ सकिएको कार्यालयले जनाएको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार मकवानपुर जिल्लामा ११ हजार हेक्टर जमिनमध्ये आठ हजार नौ सय हेक्टर जमिनमा, चितवन जिल्लामा धानखेती हुने २२ हजार नौ सय ७७ हेक्टर जमिनमध्ये २० हजार सात सय हेक्टर जमिनमा धानखेती, नुवाकोटमा १४ हजार दुई सय ८३ हेक्टर जमिनमध्ये १२ हजार २०० हेक्टर जमिनमा धान रोपाइँ कार्य सकिएको बताइएको छ । 

त्यस्तै, काभ्रेपलाञ्चोकमा नौ हजार हेक्टर जमिनमध्ये आठ हजार तीन सय हेक्टरमा, सिन्धुपाल्चोकमा आठ हजार पाँच सय खेती जमिनमध्ये आठ हजार दुई सय हेक्टरमा, रामेछापमा आठ हजार आठ सय ९३ हेक्टर जमिनमध्ये पाँच हजार तीन सय हेक्टर जमिनमा, दोलखामा दुई हजार नौ सय २८ हेक्टर जमिनमध्ये दुई हजार चार सय ५० हेक्टर जमिनमा, सिन्धुलीमा १५ हजार चार सय २३ हेक्टर जमिनमध्ये १३ हजार चार सय १८ हेक्टर जमिनमा तथा धादिङमा ११ हजार एक सय ५९ हेक्टर जमिनमध्ये नौ हजार पाँच सय हेक्टर जमिनमा धान रोपाइँ सकिएको कार्यालयले जनाएको छ ।