१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १७:oo:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

'पुण्य दान' गरेर मनाइयो पाटनमा यल पञ्चदान (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:oo:oo

साउन शुक्ल अष्टमीको अवसरमा आज पाटनमा यल पञ्चदान पर्व मनाइएको छ। यस पर्वमा बौद्ध धर्मावलम्बीहरूले दिपंकर बुद्धका मूर्तिहरूलाई बिहारबाट निकाल्ने र नगर परिक्रमा गराउने गर्दछन्। श्रावण अर्थात् गुँला महिनामा पाटनका बुद्धहरू आफ्नो बिहारबाट निस्कने धार्मिक विश्वास छ। 

पहिलोपटक आजको दिन पाटनमा मनाएबाहेक दोस्रोपटक भाद्र कृष्ण त्रयोदशीको दिन काठमाडौं, भक्तपुर, ठिमी, बनेपा, पनौती, र कीर्तिपुर आदि ठाउँहरूमा पनि यो पर्व मनाइन्छ। यस पर्वले बौद्ध दर्शनमा अत्यन्त पवित्र मानिएको दानको महत्त्व दर्शाउँछ।

बौद्धमार्गीहरूले आर्जन गरेको धन वा आयको केही अंश दानका लागि राख्ने र आजको पर्वमा दान गर्ने प्रचलन रहँदै आएको छ। यसरी आजको दिन दीपंकर बुद्धले पाटनमा दान लिएको सम्झनामा यो पर्व मनाउने चलन चलेको मानिन्छ। यस पर्वमा बौद्धमार्गी नेवार समुदायले पञ्चदानको महिमा मनन गर्दै दीपंकर बुद्धको भव्य पूजा गर्ने गर्छन्। सामान्य अर्थमा पञ्चदानको अर्थ पाँच वस्तुको दान हुने भएता पनि नेपाल भाषामा पञ्जरा भनिने पञ्च दानको अर्थ 'पुण्य दान' भन्ने हुन्छ।

तस्बिरहरू :