१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका लस एन्जेलस
Invalid date format १३:२o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकामा जनस्वास्थ्य संकटकाल घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लस एन्जेलस
नयाँ पत्रिका
Invalid date format १३:२o:oo

मंकीपक्सका संक्रमित बढेपछि अमेरिकामा जनस्वास्थ्य संकटकालको घोषणा गरिएको छ। अमेरिकाको स्वास्थ्य तथा मानवीय सेवा विभागले बिहीबार सो घोषणा गरेको हो।

उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मंकीपक्सको अवस्था दिन प्रतिदिन बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो। विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी समस्याका रूपमा घोषणा गरेको एक हप्तापछि अमेरिकाले पनि आफ्नो देशमा जनस्वास्थ्य संकटकाल घोषणा गरेको हो।

अमेरिकामा बिहीबारसम्म ६ हजार ६ सयजनामा यो संक्रमण देखिएको बताइएको थियो। सो पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वमा हाल देखापरेको मंकीपक्सको संक्रमणमध्ये अमेरिकामा मात्र २५ प्रतिशत पाइएको छ।

विश्वका कैयौँ देशमा मंकीपक्सको संक्रमण देखिएको छ। विश्वमा हाल २५ हजार आठ सयजनामा यो संक्रमण पाइएको छ। अहिले पनि विश्वका कतिपय देशहरूमा यसको संक्रमण दिन प्रतिदिन बढ्दै गएका समाचारहरू आइरहेका छन्। अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया र इलिनोइसमा यो संक्रमणका बढी संक्रमितहरू पाइएका बताइएको छ। रासस/सिन्ह्वा