१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:१३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रभु बैंक र भेटायो इन्क प्रालिबीच आकर्षक छुट दिने सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:१३:oo

प्रभु बैंक लिमिटेड र भेटायो इन्क प्रालिबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र भेटायो इन्क प्रालिका तर्फबाट सहसंस्थापक अंशु शाक्यले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । 

प्रभु बैंक र भेटायोबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले ‘भेटायो मोबाइल एप’ प्रयोग गरी सेवा लिएमा १० प्रतिशत छुट प्राप्त हुनेछ । 

भेटायो मोबाइल एपबाट (कीट नियन्त्रण, प्लम्बिङ, सवारीसाधन सफाइ, पशु चिकित्सक, पार्लर सेवा, मर्मत, लाउन्ड्री, पिसिआर, मेकअप आदि) सेवा लिन सकिनेछ।

उक्त सम्झौताअन्तर्गत भेटायो इन्क प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा भेटायो इन्क प्रालिका उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।