१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o८:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न विज्ञ टोली गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:१४:oo

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न विज्ञ टोली गठन गरिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको अध्यक्षतामा विभिन्न क्षेत्रका १० विज्ञ समेटेर टोली गठन गरेको हो । 

सर्वाेच्च अदालतले विमानस्थल निर्माणको पुरानो प्रक्रिया खारेज गरी थप अध्ययन गरेर मात्र यससम्बन्धी काम सुरु गर्न आदेश दिएपछि विज्ञ टोली गठन गरिएको हो । समितिमा पूर्वअर्थसचिव रामेश्वर खनाल र पूर्वाधारविद् सूर्यराज आचार्यलगायत सदस्य छन् । 

सर्वाेच्च अदालतकै आदेशअनुसार मन्त्रिपरिषद्बाट विज्ञ टोली गठन गरिएको पर्यटनमन्त्री जीवनराज श्रेष्ठले बताए । समितिलाई प्रतिवेदन पेस गर्न एक महिनाको समय दिइएको छ । प्रतिवेदनका आधारमा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने–नबनाउने टुंग्गो लाग्नेछ । वातावरणीय प्रभावको विषयलाई लिएर निजगढ विमानस्थल निर्माण विवादमा पर्दै आएको छ । 

त्यस्तै, मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो । यसअघि नै मन्त्रिपरिषद्ले निलम्बनको निर्णय गरेकोमा अदालतले सो निर्णय कार्यान्वायन नगर्न आदेश दिएको थियो । पर्यटनमन्त्री श्रेष्ठले अधिकारीलाई बर्खास्त गरिएको पुष्टि गरे । ‘छानबिन समितिको प्रतिवेदनका आधारमा स्पष्टीकरण सोधेका थियौँ,’ उनले भने, ‘स्पष्टीकरण चित्त नबुझेकाले बर्खास्त गरिएको हो ।’ जिम्मेवारीपूर्वक काम नगरेको, अधिकारको दुरुपयोग गरेकोलगायत अभियोगमा उनलाई बर्खास्त गरिएको हो । 

ad
ad