१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानसेनापतिलाई आइपिएसको कार्यक्रममा पठाएर सरकारले देशलाई द्वन्द्वमा धकेल्यो : सांसद रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१८:oo

नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले राज्यलाई द्वन्द्वतिर धकेलेको आरोप लगाएका छन्। सरकारले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपिपी)मा संलग्न नहुने भनी पत्र पठाएको भने पनि प्रधानसेनापतिलाई आइपिएसको कार्यक्रममा पठाएर नेपाललाई द्वन्द्वतिर धकेलेको बताए।

बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले सरकार विदेशी शक्तिसँग घुँडा टेकेर जनतालाई एसपिपीबारे पूर्ण जानकारी गराउन डराइरहेको आरोप लगाए।

‘एसिया महादेशमा पनि नयाँ द्वन्द्वको अवस्था सिर्जना भएको छ। यस्तो स्थितिमा हाम्रो देशका प्रधानसेनापति राज्य साझेदारी कार्यक्रममा जाने कुराले द्वन्द्वतिर धकेल्दैन ? यो संविधानअनुकुल छ ? यस्तो कुरा आखिर यो सरकारले किन गरिरहेको छ? यसले नेपाललाई द्वन्द्वको भुमरिमा धकेल्छ,’ रावलले भने।

सांसद रावलले एसपिपीको बारेमा अमेरिकालाई पठाएको पत्र अमुक देशका राजदूतावासका कर्मचारीले पढ्न पाउने तर देशका जनताका प्रतिनिधिलाई नदिनुले सरकार आफ्नो जिम्मेवारीबाट पन्छिरहेको टिप्पणी गरे।