मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १८ बुधबार १७:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घुससहित कार्यकक्षबाटै पक्राउ परिन् कम्प्युटर अधिकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १८ बुधबार १७:५७:००

आन्तरिक राजस्व कार्यालय, लाजिम्पाटमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु प्रधान श्रेष्ठ घुससहित पक्राउ परेकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार ३० हजार घुससहित पक्राउ गरेको हो । करसम्बन्धी विषयमा सहयोग गरिदिने भन्दै उनले घुस लिएको आयोगले जनाएको छ । कार्यकक्षबाटै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो । 

मंगलबार मात्र आयोगले पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई २२ लाख घुससहित पक्राउ गरेको थियो ।