१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १४:१६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टरिगाउँ एयरपोर्ट विस्तार गर्न सम्भव भए गरौँ, नत्र विकल्प खोजौँ : शंकर पोखरेल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१६:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले टरिगाउँ एयरपोर्ट विस्तार गर्न सम्भव नभएको सन्दर्भमा विकल्प खोज्न तयार हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल, दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले बाँकेले विकल्प खोजेर नयाँ स्थानमा एयरपोर्ट बनाउँदा ठूला जहाज चढ्न पाएको र सुर्खेतले पनि विकल्प खोजिरहेको भन्दै तुलसीपुरको एयरपोर्टको पनि विकल्प खोज्नुपर्ने बताए ।

‘तुलसीपुर एयरपोर्ट विस्तार हुन सक्छ, प्राविधिक रूपमा भन्दाखेरि दंगालीको चाहना एयरपोर्ट भएकै ठाउँमा विस्तार गर्ने कुरा नै उचित हुन्थ्यो,’ उनले भने, ‘तर, जब प्राविधिक रूपमा सम्भव छैन भनेपछि दंगालीहरूले आधुनिक जेटबोटहरू चढ्न पाउनुपर्छ भन्ने मलाई लाग्छ, कसैले राजनीति गरेर ती मान्यतालाई  अस्वीकार गर्ने कुरा गलत हो भन्ने कुरा मलाई लाग्छ।’ 

बाँकेमा पहिले खजुरामा भएको विमान राझामा सारेपछि ठूला विमान चढ्न पाएको र सुर्खेतमा विस्तार गर्न सक्ने अवस्था नभएपछि नयाँ स्थानमा विमानको खोजी भइरहेको भन्दै दाङले पनि यसमा सोच्नुपर्ने बताए । ‘धेरै ठाउँमा हामी के पाउँछौँ भन्दाखेरि ठाउँ उपलब्ध नभएपछि नयाँ ठाउँमा एयरपोर्ट बनाउने गरिएको छ । पहिले खजुरामा एयरपोर्ट पछि राझामा सारियो । खजुरामै एयरपोर्ट राखिरहनुपर्छ भनेको भए आज नेपालगन्जवासीले चाहिँ ठूला जहाजहरू चढ्न पाउने थिएनन्, यो पक्षलाई चाहिँ हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने । ‘सुर्खेतमा भएको एयरपोर्टको विकल्प सुर्खेतका जन्ताले खोजिराख्या छन् । किनकि त्यहाँ ठूला जहाजहरू अवतरण गर्ने हिसाबले विस्तार गर्न सम्भव भएन ।’ 

दाङमा के गर्ने भन्ने विषयमा दाङका राजनीतिक नेतृत्व र आर्थिक नेतृत्वले सोच्नुपर्ने बताए । एमालेले टरिगाउँ एयरपोर्ट विस्तारका लागि योजना बनाएको सन्दर्भमा  सरकार परिवर्तन भएको र कांग्रेसको सरकार आएपछि आएका प्राविधिकले विस्तार गर्न सम्भव नभएको भन्दै  प्रतिवेदन तयार पारेपछि विस्तारको काम रोकिएको बताए । 

यदि टरिगाउँ एयरपोर्ट विस्तार गर्न सम्भव नहुने अवस्था रहेमा विकल्प खोज्ने कुरामा हिच्किचाउनु नहुने उनको भनाइ छ ।