१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १७ मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १७ मंगलबार १३:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विपत् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको  निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १७ मंगलबार १३:४४:oo

गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन्। गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका– २ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका– २९ केराबारीमा गएको पहिरोले पुर्‍याएको सडक अवरोध र चितवनकै इच्छाकामना गाउँपालिकामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिएका हुन्।

उनले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीलगायतलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिएका हुन्

विपत् व्यवस्थापनमा समस्या परे मन्त्रालयमा खबर गर्नसमेत उनले निर्देशन दिएका छन्। गएराति म्याग्दीको मालिका गाउँपालिका– २ मा माथिबाट झरेको पहिरोले घर पुर्दा सातजना बेपत्ता भएकामा दुईजनाको उद्धार गरिएको छ भने पाँचजनाको मृत्यु भएको छ।