१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १७ मंगलबार
  • Wednesday, 02 July, 2025
कमल खत्री म्याग्दी
२o७९ श्रावण १७ मंगलबार १३:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म्याग्दीमा पहिरोमा परी एकै परिवारका पाँचजनाको मृत्यु

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७९ श्रावण १७ मंगलबार १३:३६:oo

म्याग्दीको मालिका गाउँपालिका– २ रुमको तामेङमा पहिराले घर बगाउँदा एकै परिवारका पाँचजनाको ज्यान गएको छ। आज बिहान गएको पहिरोमा घरसँगै पुरिएका घामबहादुर विकको परिवारका पाँचैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पहिरोमा पुरिएर बेपत्ता भएका तीनजनाको शव भेटिएसँगै मृतकको संख्या पाँच पुगेको कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। पहिरोमा पुरिएकाहरूको स्थानीयवासी, प्रहरी र जनप्रतिनिधिसमेतको टोलीले खोजी गर्दा शव फेला परेको हो। 

पहिरोमा पुरिएर ३८ वर्षीय घामबहादुर विक, उनकी पत्नी ३४ वर्षीया राममाया, छोरा १५ वर्षीय नवीन, तीन वर्षीय छोरा राजन र सात वर्षीया छोरी अस्मीको ज्यान गएको प्रहरीले जनाएको छ। 

पहिरोले स्थानीय गोठे विकको घरसमेत बगाएको छ। गोठे र उनकी श्रीमती गोरी विक घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने तयारी गरिएको छ।

अविरल वर्षाका कारण बस्तीमाथिबाट खसेको पहिरो अझै रोकिएको छैन। थप घरहरूमा समेत पहिरोको जोखिम रहेको स्थानीयले बताएका छन्।