१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
रासस म्याग्दी
२o८१ जेठ ५ शनिबार o९:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

म्याग्दीमा पहिराेले घर बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता  

Read Time : < 1 मिनेट
रासस, म्याग्दी
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:५३:oo

म्याग्दीको मालिका गाउँपालिका– २ रुमको तामिङमा आज बिहान पहिराेले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । घमबहादुर विक र गोठे विकको घर पहिराेले पुरिएको छ ।  निवर्तमान वडासदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।  

गोठे र उनकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिए । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घन्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ ।     

ad
ad