१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format o८:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडकको तीन ठाउँमा पहिरो, रातिदेखि सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३३:oo

नारायणगढ–मुग्लिङ सडकअन्तर्गत तीन ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । भरतपुर– २९ को केराबारी, इच्छाकामना– ६ को २ र ३ नम्बर पुलको बीचमा पहिरो गएको हो । सोही ठाउँको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, भरतपुर– २९ सत्रकिलोमा पनि पहिरो गएको छ । केराबारी र इच्छाकामनाको पहिरो पन्छाइसकेपछि सत्रकिलोको पहिरो पन्छाउने प्रहरीले जनाएको छ । तीन ठाउँको पहिरोले गर्दा नारायणगढ–मुग्लिङ सडकखण्डमा रातिदेखि नै सवारीसाधन सञ्चालन हुन सकेको छैन ।