१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख २० बिहीबार १९:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

४४ सय बोट गाँजा फँडानी

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:१५:oo

जिल्लाको सुनापती गाउँपालिका र खाँडादेवी गाउँपालिकाका विभिन्न वडाहरूमा स्थानीय किसानहरूले लगाएको अवैध गाँजाखेती प्रहरीको टोलीले फँडानी गरेको छ। 

पालिकाका विभिन्न स्थानमा किसानहरूले अवैध रूपमा गाँजाखेती गर्दै आएको सूचना प्रहरीले पाएपछि खाँडादेवी गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय चोप्राङ र सुनापती गाउँपालिकामा रहेको बेथान प्रहरी चौकी र लुभुघाट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले करिब ४ हजार ४ सय गाँजाको बोट फँडानी गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए। 

थिङका अनुसार खाँडादेवीको चोप्राङ, गोगनपानी, रायगाउँ, साउटोल, धारापानी, चुल्ठेपानी, चारघरे, राकाथुम र चपाडीमा गाँजा फँडानी गरिएको छ। त्यस्तै, सुनापती गाउँपालिकाको खनियापानी, भिरकोट, रूपाकोट, बेथान, पानीट्यांकीलगायतका स्थानमा लगाइएको गाँजाखेती फँडानी गरिएको प्रहरी नायब उपरीक्षक थिङले बताए। 

ad
ad