१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १७:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहाका १६ स्थानीय तहको बेरुजु पाँच अर्ब १३ करोड, सबैभन्दा बढी सिराहा नगरपालिकाको

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१७:oo

सिराहा जिल्लाका १६ पालिकाको बेरुजु रकम पाँच अर्बभन्दा बढी रहेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको स्थानीय तहको बेरुजुमा सिराहाका १६ पालिकाको अहिलेसम्मको बेरुजु रकम पाँच अर्ब १३ करोड २७ लाख ७३ हजार रहेको छ।

सबैभन्दा बढी बेरुजु सिराहा नगरपालिकाको रहेको पाइएको छ। उक्त नगरपालिकाको बेरुजु ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ बेरुजु देखिएको महालेखाले जनाएको छ। सिराहा जिल्लामा सबैभन्दा कम बेरुजु भगवानपुर गाउँपालिकाको रहेको छ। आव ०७७/७८ सम्ममा भगवानपुरको कुल बेरुजु १० करोड ६७ लाख ५९ हजार रहेको छ।

आव ०७७/७८ मा थपियो एक अर्ब ७१ करोड बेरुजु
सिराहाका १७ मध्ये १६ स्थानीय तहमा आर्थिक वर्ष ०७७/७८ मा पौने २ अर्ब बेरुजु रकम थपिएको छ। महालेखाको प्रतिवेदनअनुसार जिल्लाका १६ स्थानीय तहमा आव ०७७/७८ मा एक अर्ब ७१ करोड ४३ लाख ९३ हजार रुपैयाँ बेरुजु थपिएको हो।

सो आवमा सबैभन्दा बढी लहान नगरपालिकामा २५ करोड ८६ लाख १६ हजार र सबैभन्दा कम बरियारपट्टी गाउँपालिकामा तीन करोड ८ लाख २२ हजार रुपैयाँ बेरुजु थपिएको छ।

१५ करोड ९२ लाख असुली गर्नुपर्ने
महालेखाको प्रतिवेदनअनुसार सिराहाको १६ स्थानीय तहले कुल बेरुजुमध्ये करिब १६ करोड रुपैयाँ असुली गर्नुपर्नेछ। आव ०७७/७८ सम्ममा सिराहा जिल्लाका १६ स्थानीय तहले विभिन्न व्यक्ति, संस्था, उपभोक्ता समिति, निर्माण व्यवसायी, कर्मचारी, पदाधिकारीहरूबाट १५ करोड ९२ लाख ९५ हजार रुपैयाँ असुली गर्नुपर्न महालेखाले जनाएको छ। 

सबैभन्दा बढी असुली लहान नगरपालिकाले २ करोड ९३ लाख ५१ हजार गर्नुपर्ने छ। त्यसैगरी, मिर्चैया नगरपालिकाले २ करोड १८ लाख ६२ हजार, विष्णुपुर गाउँपालिकाले १ करोड १७ लाख ५८ हजार, कर्जन्हा नगरपालिकाले १ करोड १० लाख ५ हजार, सिराहा नगरपालिकाले ९६ लाख ४८ हजार र बरियारपट्टी गाउँपालिकाले ९० लाख ८८ हजार, लक्ष्मीपुर पतारी गाउँपालिकाले ७५ लाख ८७ हजार र सुखिपुर नगरपालिकाले ७२ लाख ६८ हजार रुपैयाँ असुली गर्नुपर्ने महालेखाले जनाएको छ । महालेखाले नवराजपुर गाउँपालिकाको प्रतिवेदन भने सार्वजनिक गरेको छैन।